हबिबिः कतारका सरकार प्रमुख अमिर शेख नेपाल आउँदै

२०८१ बैशाख ९ आइतबार
रति ८:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने जनाइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । कतारबाट सरकारी टोली आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ ।

अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मनकारी मोनाष्टिकको मटिहानी आगलागी पीडितलाई बक्साभरि राहत

  • २०८१ बैशाख ९ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । नीजि विद्यालय तर्फ प्रदेशको चर्चित स्कूल जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयले महोत्तरीमा आगलागीका कारण घरबारविहीन भएका १०५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ। विद्यालय परिवारले महोत्तरीको मटिहानी

पूरा पढ्नुहोस्

Bureau Menus