न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित मैथिली कलाकार अविनाश झा उर्फ कलकतियाबाली की श्रीमति अँसा सदाको मृत्यू प्रकरणले धेरै प्रश्न जन्माएको छ–समाजिक सँजालमा ।
आफ्नै सुटिँग स्थलमा झुण्डिएको अवस्थामा फेला परेकी अंशाले आत्म हत्या गरेको वा हत्या गरिएको हुन सक्ने अडकलबाजी समाजिक सँजालमा अहिले चुलिएको छ । नेपालमा हुने जातीको कारणको घटनालाई समेत यस घटनासँग जोडिदैछ ।
अविनास झा उच्च जातीको भएको र अन्सा तल्लो जातको भएको कारण अविनाशका जातवालाहरुलाई अपाच्य भयो । जव अविनाश अँसासँग विहे गरे उनको चर्चा समाजिक सँजालमा चुलियो । एउटा ब्राम्हण जातका केटाले शुद्र जातका केटीसँग बिहे गरेको कुरा कथित उच्च जातबाला पत्रकार, अगुवा, नागरिक समाज, जातीय माइजनलाई अपाच्य भयो । धेरैले देखावटी बधाई समाजिक सँजालमा दिएपनि उनीहरुको मनमा भने खिन्नता त्यतिकै थियो ।
गत माघ महिनामा बिहे गरेका अविनाश झा र अन्साले धुमधामका साथ होटलमा रिसेप्सन पार्टी पनि गरे । विहेको ६ महिनापछि असार ९ गते राती अन्सा सदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ नोचा पोखरीस्थित रहेको नोचपुर सुटिँग स्थलको घरमा झुण्डिएको अवस्थामा फेला परिन् ।
अँशासँग लभ म्यारिज गरेका अविनाशलाई दुःखको बज्रपात भएको छ । उमेर ढल्दा बिहे गरेका अविनाशको जीवनसँगनी ६ महिनामै सँसार छाडेपनि उनलाई मानसिक धक्का समेत पुगेको छ । यस्तो अवस्थामा समेत समाजिक सँजालमा उनीमाथि आरोप प्रत्यारोप लगाइरहेको अवस्था देखिएको छ ।
मृतक अन्साका श्रीमान अविनाश झाले विभिन्न मिडियामा दिएको वक्तत्व अनुसार अँसा डिप्रेशनको सिकार भएको बताइन्छ । यद्यपी, अविनाशको फेसबुक रिल्स, टिकटोकमा अँसा र अविनाशको भिडियो प्रायः दिनहुँ राखिन्थ्यो । अविनाससँग व्यक्तिगत भिडियो अन्तिम १३ जुन अर्थात ३० गते जेठको राखिएको छ । त्यसपछि अविनाशको आफ्नो व्यक्तिगत कुनै पनि भिडियोमा अँशा देखिएकी छैनन् ।
आफ्नो खुसियाली जीवन समाजिक सँजालमा जाहेर गर्ने अँसा सदा विगत १० दिनदेखि एकाएक व्यक्तिगत भिडियोबाट गायब भएको देखिएको छ । १३ जुन २०२५ पछि अविनाशको फिल्म प्रचार बाहेकको भिडियोमा देखिएका छैनन् । आईतबार फिल्म कलकतियाबालीको प्रोमोश्नल भिडियोमा देखिएकी अँशा सोमबार सुटिँगस्थलमै झुण्डिएको अवस्थामा भेटिइन् ।
फिल्म कलकतियाबाली रिलिजको घोषणा गरिएको मुखमा अँशाको मृत्यूले “लव यू मिथिला” टिमलाई ठुलो धक्का लागेको छ । कतिपयले समाजिक सँजालमा यसलाई शंकाको नजरियाले हेर्न थालेको छ । शंका स्वभाविक पनि हो । प्रहरीले घटनाको अनुसन्धान गर्दैछ । पो्ष्टमार्टमको रिपोर्टपछि थप तथ्यहरु फेला पर्नेछ ।
यता, उनीहरुको टीममा केही व्यक्तिहरुले अविनाश र अंसालाई एकसाथ हेर्न नचाहेको पनि टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ । सो टिमको एक मात्र आकर्षक रहेका अविनाश अँसासँग व्यस्त भएपछि कतिलाई अपाच्य भएको बताईन्छ । उनीहरु आफ्नै व्यक्तिगत फेसबुक अकाउण्ट, युटुब, टिकटकमा भिडियोहरु राख्न थालेपछि केहीलाई अपाच्य भएको बुझिएको छ । अँशाकै केही नजिकीलाई समेत मन नपरेको बताईन्छ । यो घटनाले सबैलाई स्तब्ध बनाएको छ ।
यो घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पोष्टमार्टमपछि अँसाको अन्तिम विदाई मँगलबार स्वर्गदारी जनकपुरमा गरिएको छ । अविनाशले मुखाग्नी दिएर अन्तिम विदाई गरे ।
धनुषाधाममा नगरस्तरीय क्रिकेट टुर्नामेन्ट सुरु, जित्नेलाई ४० हजारको पुरस्कार दिइने
- २०८२ असार ११ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाद्धारा नगरस्तरीय खुल्ला क्रिकेट टुर्नामेन्ट आजदेखि सुरु भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा आजदेखि सुरु भएको क्रिकेट टुर्नामेन्टमा नगरबाट १६
पूरा पढ्नुहोस्



