दहेजमा कार नपाएपछि जन्ती लिएर गएनन दुल्हा, रातभर प्रतिक्षा गरिन दुल्ही

२०८२ असार ११ बुधबार
दिउसो १२:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । दाइजो (दहेज) मा कार नदिएको भन्दै बेहुलाले बिहेको दिन जन्ती लिएर नगएपछि बेहुली पक्षलाई बिच्चली भएको छ । 

छिमेकी मुलुक भारतको उत्तर प्रदेशको बिजनौर जिल्लाको कोतवाली देहात क्षेत्रको एक गाउँमा दहेजका कारण एक युवतीको विवाह अन्तिम समयमा आएर रोकिएको छ। 

विवाहको मिति २३ जुन तय गरिएको थियो र बेहुलीको परिवार तथा छिमेकमा खुसीको माहोल थियो। बेहुली सिंगारिएर विवाहको प्रतीक्षा गर्दै थिइन्, तर दुलाहा अन्ततः बारात लिएर आएनन्।

घटनाको विवरण अनुसार, अमरोहा निवासी युवकसँग विवाह तय भएपछि बेहुलीको परिवारले सबै तयारी गरिसकेका थिए। घर वरिपरि झिलिमिली सजावट गरिएको थियो, परिकारहरू पकाइएका थिए, पाहुनाहरूको स्वागतका लागि सबै बन्दोबस्त मिलाइएको थियो। तर ठीक विवाहको दिन दुलाहाले बेहुली पक्षसँग कारको माग राखे। उनले धम्की दिँदै भने, “यदि कार नपाए बारात लिएर आउने छैन।”

यसपछि दुलाहाले आफ्नो मोबाइल बन्द गरिदिए र सम्पर्कविहीन भए। बेहुलीका परिवारजन र आफन्तहरूले रातभर पर्खाइमा बिताए। बेहुली हातमा मेहन्दी लगाएर आसमा बसिरहेकी थिइन्, तर बारात आइन्। बेहुली पक्षले दुलाहा र उसका परिवारका सदस्यहरूलाई सम्पर्क गर्न कोशिस गरे, तर सबैको फोन बन्द थियो। विवाहका लागि बनाइएका खानाहरू अन्ततः छिमेकीहरूलाई बाँडिएको बताइएको छ। बेहुली भावविव्हल भएर लगातार रोइरहेकी थिइन्।

घटनापछि बेहुली आफ्ना दाजुसँग प्रहरी कार्यालय पुगेकी थिइन् र घटना सम्बन्धी उजुरी दिएकी छन्। उजुरीमा उल्लेख गरिएको छ कि सम्बन्ध तय भएपछि बेहुली पक्षले ३।५ लाख रुपैयाँ नगद, पाहुनालाई कपडा र जनही १००० रुपैयाँ नगद दिएर स्वागत गरेका थिए। प्रारम्भमा दुलाहाले अपाचे बाइक मागेका थिए, जसमा परिवारले सहमति पनि जनाएका थिए। तर विवाहको दिन अचानक कारको माग गरियो र त्यसपछि सम्पर्क नै तोडियो।

बेहुलीका दाजुका अनुसार, बेहुलीका आमा–बुबाको निधन ६ महिनाअघि भइसकेको थियो। परिवारका सदस्यहरूले मिलेर बेहुलीको विवाहको तयारी गरिरहेका थिए। बारातका लागि ५०० जनासम्मको भोजनको व्यवस्था गरिएको थियो, जहाँ करिब २०० जना पाहुना आउने निश्चित भएको थियो। विवाह रोकिएपछि सबै तयारी र लाखौं खर्च पानीमा गएको छ।

यस घटनापछि बेहुली पक्षले कडा प्रहरी कारबाहीको माग गरेका छन्। प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

यस घटनाले फेरि एक पटक दहेज प्रथाको कुरूप वास्तविकता उजागर गरेको छ, जसले महिलाको जीवन र स्वाभिमानमाथि ठुलो आघात पुर्‍याइरहेको छ।

  • 8%
  • 0%
  • 0%
  • 0%
  • 8%
  • 62%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०८२ असार ११ बुधबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus