
न्यूज ब्यूरो, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंह (महोत्तरी–४ (ख)) सहित १६ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजित रकम विकास योजनाको नाममा उपभोक्ता समितिहरू गठन गरी दुरुपयोग गरिएको प्रमाण भेटिएको जनाएको छ।
अनुसन्धान अनुसार सिंहले आफ्ना स्वकीय सचिव बिनोद कुमार लाल कायस्थमार्फत उपभोक्ता समितिहरूको बैंक खाताबाट रकम झिकाई आफ्नो र श्रीमती सरिता कुमारी महतो सिंहको नाममा रहेको लक्ष्मी सनराइज बैंकको संयुक्त खाता नं. १२९२०००७२२१० मा जम्मा गराएको पाइएको हो।
आयोगका अनुसार, रामगोपालपुर, मनराशिसवा र सम्सी क्षेत्रका विकास योजनाका लागि गठित उपभोक्ता समितिहरूको खातामा जम्मा भएको रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु। ३८ लाख ५० हजार ३१९ (झण्डै २८ प्रतिशत) रकम सिंहको खातामा स्थानान्तरण भएको हो।
यी रकमहरू देवी माहारानी सौन्दर्यकरण, कमलामाई मन्दिर निर्माण, कञ्चनियामाई मन्दिर सौन्दर्यकरण, र रधवा–सहसौला सडक ग्रेभल निर्माण जस्ता योजनाहरूका लागि विनियोजित थिए। तर सो रकम विकास कार्यमा प्रयोग नभई व्यक्तिगत स्वार्थमा प्रयोग भएको आयोगले जनाएको छ।
मुद्दामा सांसद सिंहका स्वकीय सचिव कायस्थसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी लगायतलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।
साँसदमाथि भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बन भएको हो ।
सबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन
- २०८२ असोज ३० बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । सबैला नगरपालिकाले प्रविधिमैत्री कृषि प्रवर्धन गर्दै तीनवटा आधुनिक कृषि यन्त्र खरिद, किसानलाई छिटै सुलभ दरमा उपलब्ध गराइने धनुषाको सबैला नगरपालिकाले कृषिमा प्रविधिको प्रयोग बढाउँदै तीनवटा अत्याधुनिक कृषि
पूरा पढ्नुहोस्