जनकपुरः सहमतिमै यौनसम्पर्क, गाउँले देखेपछि 'बलात्कार' !

हो–हल्ला गर्नुपर्ने, चिच्याउनुपर्ने, गुहार माग्नुपर्ने थियो, तर त्यस्तो केही गरिएको देखिएको छैन ।”– उनले भने । 

२०७७ श्रावण १३ मंगलबार
दिउसो १:५९ बजे
न्यूज ब्यूरो, डेस्क
प्रतिकात्मक तस्विर

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा किशोरी बलात्कारको आरोपमा एक जना युवक पक्राउ परेका छन् । किशोरीलाई उनकै घरबाट उठाएर लगी बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।


धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ की १८ बर्षिय युवतीले आफू पिसाब फेर्न बाहिर निस्कदा युवक (अपराध पुष्टि नभएकोले नाम गोप्य राखिएको) ले आफूलाई उठाएर लगी बलात्कार गरेको आरोप लगाइएको छ । 


राती पिसाब फेर्न निस्केकी युवति धेरै बेरसम्म घर नआएपछि उनको खोज तलास गरिएको थियो । यद्यपी, युवतिले एक जना युवकको मात्रै नाम भनेपनि युवकले उनलाई उठाउँदा उनले प्रतिकार, हल्ला वा चिच्याइनन् ।


यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी ईन्स्पेक्टर पप्पु नायकले युवक र किशोरी सहमतिमै गएको र यौनसम्पर्क पनि सहमतिमै गरेको बताएका छन् । यद्यपी उनले २० बर्ष मुनी भएकोले सहमतिमै गरेपनि बलात्कार नै मानिने बताएका छन् । 

 

“एक्लै युवकले १८ बर्षकी किशोरीलाई उनको घरबाट उठाउँदा किशोरीले हल्ला किन गरेनन त्यतिबेला ? जबरजस्ती गरेको भएको किशोरी हो–हल्ला गर्नुपर्ने, चिच्याउनुपर्ने, गुहार माग्नुपर्ने थियो, तर त्यस्तो केही गरिएको देखिएको छैन ।”– उनले भने । 

 

घरबाट पिसाब फेर्न किशोरी बाहिर निस्केकी र धेरै बेरपछि पनि घर नआएपछि उनको खोजतलास सुरु गरिएको थियो । केही घण्टापछि युवकसँगै घर आएकी युवतिको परिवार, आफन्तजन र स्थानीयहरुले युवकलाई नियन्त्रणमा लिइ निर्घात कुटपिट गरेको हो । 


कुटपिटपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बोलाएर प्रहरीको जिम्मा लगाएपछि किशोरी र युवकको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको जनाइएको छ । 

 

कुटपिटले युवक घाईते भएका छन् । उनको उपचार पनि प्रादेशिक अस्पतालमै भइरहेको जनाइएको छ । प्रहरीका अनुसार, सहमतिमै यौनसम्पर्क राखेपछि गाउँलेहरुले देखेपछि जबरदस्ती भनिएको हो । यद्यपी उमेर हदका कारण बलात्कार नै मानिने जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 38%
  • 0%
  • 0%

धनुषामा सशस्त्र प्रहरीका घुमुवा मण्डल र रामको असुली धन्दा, सेटिँग गरी भारत पठाउँछन दारु

  • २०७७ श्रावण १३ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका सशस्त्र प्रहरीका एसपी सरुवा भएलगत्तै सशस्त्र प्रहरीका घुमुवा सुरेन्द्र मण्डल र रँजीत रामले असुली धन्दालाई तीव्रता दिएका छन् ।  दक्षिणी धनुषामा सक्रिय रहेका सुरेन्द्र मण्डल र

पूरा पढ्नुहोस्

Bureau Menus

} }