अविरल वर्षा र सम्भावित विपद्‌लाई ध्यानमा राख्दै असोज ८ र ९ गते विद्यालयमा बिदा दिन मन्त्रालयको निर्देशन

२०८३ असोज ८ बिहीबार
बिहान ०९:५४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइमार्फत यस्तो आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित विज्ञहरूको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाइएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी तथा चट्याङको समेत सम्भावना रहेको भन्दै मन्त्रालयले बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुनसक्ने जोखिम औंल्याएको छ ।

विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै स्थानीय तहले आफ्नो क्षेत्रको मौसम तथा जोखिमको अवस्था मूल्यांकन गरी असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बिदा गराउन मन्त्रालयले आग्रह गरेको हो ।

त्यसैगरी, असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने विश्वविद्यालय तथा अन्य परीक्षा पनि परिस्थितिअनुसार स्थगित गर्न मन्त्रालयले सम्बन्धित परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ ।

सम्भावित विपद्का बेला सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले स्थानीय तहलाई आवश्यक सहजीकरण गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन र प्रतिकूल मौसमका बेला विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमको अवस्था र स्थानीय जोखिम फरक हुनसक्ने भएकाले विद्यालय बिदाको निर्णय स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार गर्नुपर्ने मन्त्रालयको आग्रह छ ।

 

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ असोज ८ बिहीबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus