न्यूज ब्यूरो, जनकपुरधाम । भारतको बिहारस्थित पूर्णियामा प्रेम विवाह गरेकी छोरीसँग परिवारले सम्बन्ध तोड्दै उनको पुतला बनाएर सांकेतिक अन्तिम संस्कार गरेको घटना सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पूर्णियाको नगर प्रखण्डअन्तर्गत गंगेली पञ्चायतको चपय गाउँकी रिया कुमारीले परिवारको इच्छाविपरीत गाउँकै दिलीप पासवानका छोरा मिलन पासवानसँग प्रेम विवाह गरेकी थिइन् ।
दुवैबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र परिवारको विरोधका बाबजुद उनीहरूले घरबाट भागेर विवाह गरेको जनाइएको छ । विवाह अन्तरजातीय भएको भन्दै रियाको परिवार असन्तुष्ट बनेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
विवाहपछि रियाका पिता मनोज गोस्वामीले छोरीसँग सम्बन्ध तोडेको घोषणा गरेका थिए । उनले छोरीलाई परिवारका लागि ‘मृत’ घोषणा गर्दै उनको पुतला तयार गराएका थिए ।
पुतलालाई छोरीकै स्वरूप दिई अर्थी तयार पारिएको थियो । त्यसपछि ढोल–बाजासहित गाउँमा सांकेतिक शवयात्रा निकालिएको र गाउँबाहिर लगेर पुतलाको दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शवयात्रामा स्थानीय बासिन्दा तथा आफन्तसमेत सहभागी भएको बताइएको छ ।
पिताले छोरीलाई पढाउन तथा हुर्काउन आफूले धेरै मेहनत गरेको तर छोरीले परिवारको इच्छाविपरीत विवाह गरेपछि परिवारको सामाजिक प्रतिष्ठामा असर परेको भन्दै सम्बन्ध तोडेको बताएका छन् ।
घटना वास्तविक छोरीको दाहसंस्कार नभई उनको प्रतीकात्मक पुतलाको अन्तिम संस्कार भएको हो । रिया भने जीवितै रहेको भारतीय सञ्चारमाध्यमका विवरणमा उल्लेख छ ।
जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा
- २०८३ असोज २ शुक्रबार
न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् । आईतबार जसपा
पूरा पढ्नुहोस्





