न्यूज ब्यूरो, विराटनगर । सीमावर्ती नाकाबाट अवैध लागुऔषध ओसारपसार गरेको आरोपमा नेपाल प्रवेश गर्नासाथ दुई भारतीय महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको जोगवनीकी २५ वर्षीया लिजा खातुन र ४० वर्षीया जुली खातुन रहेका छन् ।
प्रहरीका अनुसार दुवै जना भारतको जोगवनीबाट पैदल विराटनगरतर्फ आउँदै गर्दा विराटनगर महानगरपालिका–१७ स्थित मटारुवा अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले शंकाका आधारमा जाँच गरेको थियो ।
जाँचका क्रममा उनीहरूको साथबाट प्लास्टिकको प्याकेटबाहेक ९० ग्राम ८५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ असोज २ शुक्रबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्





