तीजकै दिन ढल्केवरमा महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान्

२०८३ भदौ ३० मंगलबार
दिउसो ४:१६ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा एक महिलाको घरकै प्यासेजमा शंकास्पद अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ २९ गते राति अन्दाजी २२ः५० बजे स्थानीय ३४ वर्षीय श्रवण महतोकी २७ वर्षीया श्रीमती पुनिता देवी महतो आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवरबाट प्रहरी निरीक्षक उदय शम्सेर जबराको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा मृतकको घाँटीमा कसिएको जस्तो डाम देखिएकाले मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ।

घटना पश्चात् प्रहरीले तत्काल मृतकका श्रीमान् श्रवण महतोलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखेर ज्यान सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले जानकारी दिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ भदौ ३० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus