विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार

२०८३ भदौ ३१ बुधबार
बिहान ०९:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा प्रहरीले लागूऔषध गाँजाजस्तो देखिने पदार्थ बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा लोड गरिएको अवस्थामा १०५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चौहर्वातर्फबाट ज १ च १११३ नम्बरको एम्बुलेन्समा लागूऔषध गाँजा लोड गरी सिरहातर्फ आउँदै गरेको गोप्य सूचना प्राप्त भएको थियो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै सिरहा नगरपालिका–९ स्थित हुलाकी सडक खण्डमा नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा त्यसमा जुटका पाँचवटा बोराभित्र गाँजाजस्तो देखिने पदार्थ फेला परेको थियो । तौल गर्दा उक्त पदार्थ १०५ किलो ग्राम रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीलाई देखेपछि एम्बुलेन्स चालक भने गाडी छाडेर फरार भएका छन् । प्रहरीले एम्बुलेन्स र बरामद पदार्थ जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

फरार चालकको खोजी तथा पहिचान गर्ने कार्यसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%

सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर २७ लाख असुलेको आरोप, महिला पुर्पक्षका लागि जेल चलान

  • २०८३ भदौ ३१ बुधबार

न्यूज ब्यूरो, काठमाडौं । उच्च तहका सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर धम्की दिँदै २७ लाख रुपैयाँ असुलेको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन् । कारागार चलान हुनेमा रामेछाप घर

पूरा पढ्नुहोस्

Bureau Menus