धनुषामा एक बालिका बलात्कृत, २२ बर्षिय युवक फरार !

२०८३ भदौ २६ शुक्रबार
दिउसो ३:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक १० बर्षिय बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । बालिकाको बलात्कार भएको एक साता भएको जनाइएको छ । 

धनुषाको सबैला नगरपालिका वडा नं. ९ भठिहनस्थित बालिकालाई बलात्कार भएको प्रहरीले जनाएको छ । यद्यपी, घटना संवेदनशिल भएकोले आरोपितको नाम समेत खुलाउन चाहेनन् । 

बलात्कार जस्तो जघन्य घटनालाई मिलाउन गाउँकै केही कहबैका नेताहरुले नेतृत्व गर्न थालेपछि पीडित परिवारले प्रहरीमा जाहेरी दिएको हो । ईलाका प्रहरी कार्यालय सबैला मार्फत जाहेरी दिएको बताईएको छ ।

ईलाका प्रहरी कार्यालय सबैलाले भने प्रक्रिया अगाडी बढाएको बताईएको छ । बालिकाले दिएको बयान अनुसार अनुसन्धान सुरु गरिएको जनाईएको छ । 

प्रहरीका अनुसार, पीडित बालिकाको हाडनातामा पर्ने भएकोले समाजिक रुपमा समेत संवेदनशिल भएको बताए । बालिकालाई उपचारको लागि जनकपुरको एक अस्पताल लगिएको तथा स्वास्थ्य परीक्षणपछि थप प्रक्रिया अगाडी बढाउने बताईएको छ । 

  • 0%
  • 0%
  • 11%
  • 0%
  • 0%
  • 78%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८३ भदौ २६ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus