जनकपुरः तारापट्टिमा भयानक सवारी दुर्घटना, ३ को अवस्था गम्भिर, एक धरान रिफर

२०८३ भदौ २२ सोमबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गएराती धनुषामा भयानक दुर्घटना भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ७ तारापट्टिस्थित राती करिब ११ः०० बजेको समयमा दुर्घटना भएको हो । 

जनकपुरधाम–धनुषाधाम सडकखण्ड अन्तर्गत गएराती भएको सो दुर्घटनामा तीन युवक गम्भिर घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मधेश प्रदेश २–००८ प ६९१५ नम्बरको स्कूटी र मधेश प्रदेश २–००६ प ६३९१ नम्बरको मोसा एक आसपमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

सो दुर्घटनामा परी मोटरसाईकल चालक धनुषाधाम नपा बस्ने लक्ष्मण शर्माको बर्ष ३० को छोरा सुजित शर्मा गम्भिर घाईते भएका छन् । उनको टाउको र शरिरको विभिन्न भागमा गम्भिर चोट लागेको हो । उनको उपचार जनकपुरमा भईरहेको छ । 

यस्तै, स्कूटी चालक जनकपुरधाम उपमहानगर वडा नं. १३ अरबिन्द मण्डलको छोरा बर्ष २१ को समिर भन्ने अभिषेक मण्डलको खुट्टा भाँचिएको हो । उनको अवस्था समेत गम्भिर रहेको छ । उनलाई गएराती १ः०० बजे नै धरानको लागि रिफर गरिएको प्रहरीले जनाएको छ । 
 
स्कूटी पछाडी बस्ने ब्रम्हदेव पासवानको बर्ष २३ को छोरा गौत्तम पासवानको अवस्था गम्भिर पनि गम्भिर रहेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भने स्कूटीमा सवार अर्का एक जना सकुशल रहेको प्रहरीले जनाएको छ । स्कूटीमा तीन जना सवार थिए । तीव्र गतिको कारण ठक्कर खाँदा सो दुर्घटना भएको हो । 

स्कूटी र मोसा ईलाका प्रहरी कार्यालय तारापट्टिमा राखिएको जनाइएको छ । 

 

  • 0%
  • 0%
  • 11%
  • 0%
  • 78%
  • 0%

Bureau Menus