न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा राजगुठीअन्तर्गतका ऐतिहासिक पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रमण हटाउन गुठी संस्थानले ७ दिने अल्टिमेटम दिएको छ ।
गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका राजगुठी मातहतका १५ वटा पोखरी तथा तिनका डिलमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना तथा कब्जा हटाउन सार्वजनिक सूचना जारी गरेको हो ।
संस्थानले २०८३ भदौ १९ गते शुक्रबार जारी गरेको सूचनामा तोकिएको सात दिनभित्र अतिक्रमित क्षेत्र खाली गर्न तथा अनधिकृत रूपमा निर्माण गरिएका संरचना आफैं हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ ।
संस्थानका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले पोखरी र पोखरीका डिल क्षेत्रमा अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरी उपभोग गर्दै आएका छन् ।
अतिक्रमण हटाउन भनिएका पोखरी तथा क्षेत्रहरूमा देवान पोखरी (चन्द्र कूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरो माइलभन्दा उत्तर–पूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्नी कुण्ड, सीतान कुण्ड र विहार कुण्ड रहेका छन् ।
गुठी संस्थानले ‘गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२’ को प्रतिवेदन कार्यान्वयन समितिको निर्णयअनुसार अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।
सूचनामा तोकिएको अवधिभित्र अनधिकृत कब्जा तथा त्यसमा निर्माण गरिएका संरचना नहटाए प्रचलित कानुनबमोजिम संस्थान आफैंले हटाउने प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।
जनकपुरधामका ऐतिहासिक पोखरी तथा धार्मिक–सांस्कृतिक सम्पदामाथि लामो समयदेखि हुँदै आएको अतिक्रमण हटाउने संस्थानको यो सूचनालाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ भदौ १९ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्



