न्यूज ब्यूरो, जनकपुरधाम । सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै सुनचाँदी लिएर ठगी गरेको आरोपमा धनुषामा एक दम्पती पक्राउ परेका छन् ।
धनुषाका विभिन्न स्थानमा बसोबास गर्ने १७० जना पीडितले दिएको संयुक्त जाहेरीका आधारमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दर्ता भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साबेला नगरपालिका–६ बस्ने ३५ वर्षीया रामतोला देवी साहलाई भदौ २ गते पक्राउ गरी हिरासतमा राखिएको थियो । जिल्ला अदालत धनुषाबाट म्याद अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका उनका श्रीमान् करिब ४० वर्षीय प्रदीप साह सोनारलाई पनि प्रहरीले खोजतलास गर्ने क्रममा भदौ १५ गते जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अदालत रोडबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोनारलाई नियन्त्रणमा लिएपछि मँगलबार जिल्ला अदालत धनुषाबाट मिलान म्याद लिई थप अनुसन्धान भइरहेको छ ।
पीडितहरूले विभिन्न मितिमा सुनचाँदी धितो राखी नगद सापटी दिने भन्दै सुनचाँदी लिएर ठगी गरेको आरोप लगाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नेपालका आम सर्वसाधारणमा ‘घण्टा भाइरस’ को त्रास
- २०८३ भदौ १६ मंगलबार
नेपालमा पछिल्ला केही वर्षयता एउटा नयाँ "भाइरस" फैलिएको चर्चा हुन थालेको छ । यसको नाम वैज्ञानिकहरूले होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताले राखेका हुन्:- "घण्टा भाइरस" । घण्टा भाइरसले शरीरलाई होइन, बहस गर्ने शैलीलाई
पूरा पढ्नुहोस्



