शव व्यवस्थापनको बारे फेसबुकमा सल्लाह दिएपछि कोशीका सचिव निरौला रसुवा शव व्यवस्थापनमै सरुवा

२०८३ भदौ १४ आइतबार
बेलुकी ६:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलालाई रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्ने गरी काजमा खटाएको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि अनुभवी कर्मचारी आवश्यक रहेको भन्दै उनलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रसुवाको भौगोलिक संवेदनशीलता तथा निरन्तर बाढी र पहिरोको जोखिमलाई समेत ध्यानमा राखेर निरौलालाई उक्त जिम्मेवारी दिइएको हो ।

निरौलाले शनिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत शव व्यवस्थापनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेका थिए । कोभिड–१९ महामारीका बेला मोरङका प्रमुख जिल्ला अधिकारीका रूपमा काम गर्दाको अनुभव उल्लेख गर्दै उनले विपद्मा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा संवेदनशील हुनुपर्ने बताएका थिए ।

चितवनमा हतारमा शव गाडिएको समाचारको सन्दर्भ उल्लेख गर्दै उनले मृतकका आफन्तले अन्तिम पटक अनुहार हेर्न पाउनुपर्ने विषयमा जोड दिएका थिए ।

‘लासलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराघात पनि नगरौं,’ उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका थिए ।

उनले ‘हुनसक्छ म धेरै गाली खाऊँला’ भन्दै उक्त स्ट्याटस सुरु गरेका थिए । तर, सो स्ट्याटस अहिले फेसबुकबाट हटाइसकेका छन् ।

स्ट्याटस हटाए पनि निरौलालाई कोशी प्रदेशबाट सरुवा गरी रसुवामा काजमा खटाइएको हो । मन्त्रालयका अनुसार मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट उनलाई रसुवा पठाइएको हो ।

निरौलाको सरुवा तथा काजसम्बन्धी पत्र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पठाइएको छ । मुख्यमन्त्री कार्यालयले पनि निरौलालाई रसुवा खटाइएको पुष्टि गरेको छ ।

सार्वजनिक बिदाको दिन नै मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई रसुवा पठाउने निर्णय गरिएको हो ।

 

  • 0%
  • 14%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु

  • २०८३ भदौ १४ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख

पूरा पढ्नुहोस्

Bureau Menus