ढाका । बंगलादेशको नेतृकोना जिल्लामा ११ वर्षीया मदरसा छात्रामाथि बलात्कार गरेको आरोप लागेका शिक्षक नै बालिकाबाट जन्मिएको शिशुको जैविक पिता भएको डीएनए परीक्षणबाट पुष्टि भएको छ ।
नेतृकोनाको मदन उपजिल्लामा भएको घटनामा आरोपी मदरसा शिक्षक अमानुल्लाह महमुदी सागरको डीएनए र बालिकाबाट जन्मिएको नवजात शिशुको डीएनए परीक्षण गर्दा ९९ दशमलव ९९ प्रतिशत मिलान भएको द डेली स्टारले जनाएको छ ।
डीएनए परीक्षणले आरोपी शिक्षक नै शिशुको जैविक पिता भएको पुष्टि गरेको हो । उक्त रिपोर्ट अभियोजन पक्षले अदालतमा पेश गरेको थियो ।
घटनामा पीडित बालिकाकी आमाले २३ अप्रिल २०२६ मा प्रहरीमा बलात्कारको उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले आरोपी शिक्षकलाई पक्राउ गरेको थियो । अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अनुसन्धानका क्रममा अदालतको आदेशपछि मे १७ मा आरोपी शिक्षकको डीएनए नमुना संकलन गरिएको थियो । त्यसपछि जुलाई २८ मा सुरक्षित गृहमा रहेकी नवजात शिशुको पनि डीएनए नमुना संकलन गरिएको थियो ।
बालिकाले जुलाई २ मा सिलेटस्थित अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । घटनापछि बालिका र उनको शिशुलाई सुरक्षाका लागि सामाजिक सेवा विभागअन्तर्गतको सुरक्षित गृहमा राखिएको थियो ।
डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएपछि प्रहरीले अगस्ट २७ मा आरोपी शिक्षक अमानुल्लाह महमुदी सागर र उनका भाइसमेत दुई जनाविरुद्ध अभियोगपत्र अदालतमा दायर गरेको छ ।
प्रहरीले घटनाको अनुसन्धान पूरा गरी अभियोगपत्र दायर गरेको हो । अब मुद्दाको सुनुवाइ अदालतमा अघि बढ्नेछ ।
यस घटनाबारे बंगलादेशका प्रमुख सञ्चारमाध्यम द डेली स्टार, प्रोथोम आलो र न्यू एजले रिपोर्ट गरेका छन् । द डेली स्टारका अनुसार घटनाको अनुसन्धानमा मानवअधिकार संस्था ‘ऐन ओ सालिस केन्द्र’ले समेत चासो देखाउँदै पीडित बालिकाको सुरक्षा, उपचार र शीघ्र न्यायको माग गरेको थियो ।
बालिकाको पहिचान गोप्य राखिएको छ ।
तीजको रौनकसँगै जनकपुरकी पूजा ठाकुरको ‘तीजैमा छमछम’ रिलिज, लोभलाग्दो दृश्याँकन
- २०८३ भदौ १३ शनिबार
जनकपुरधाम । नेपाली महिलाको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ । जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य अभिनयमा देखिएकी हुन् । देशी फिल्म्सको
पूरा पढ्नुहोस्




