न्यूज ब्यूरो, बिहार । भारतको बिहारस्थित लखीसरायमा रहेको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै महिला रहेको प्रशासनले जनाएको छ ।
भगवान शिवको जलाभिषेकका लागि मन्दिरमा भक्तजनको ठूलो भीड जम्मा भएका बेला घटना भएको हो । लखीसरायका प्रमुख जिल्ला अधिकारी (डीएम) शैलेन्द्र कुमार र सब–डिभिजनल पुलिस अफिसर (एसडीपीओ) शिवम कुमारका अनुसार अशोकधाम हाल्ट रेलवे स्टेसनबाट मन्दिरतर्फ जाने बाटोमा भक्तजनको लामो लाइन लागेको थियो । सोही समयमा स्टेसनमा दुईवटा रेलसमेत आएका थिए ।
यसैबीच विद्युत्को तार चुँडिएर पोल ढलेको र करेन्ट प्रवाह भएको अफवाह फैलिएपछि लाइनमा बसेका दर्शनार्थीबीच अचानक भागदौड मच्चिएको थियो । त्यस क्रममा महिलाहरूको लाइनमा एक्कासि चाप बढ्दा धेरै जना एकअर्कामाथि खसेका थिए । भीडमा थिचिएर र निसास्सिएर सात महिलाको मृत्यु भएको प्रशासनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि जिल्ला सदर अस्पताल पुर्याइएको छ । गम्भीर अवस्थाका घाइतेहरूलाई थप उपचारका लागि पटना मेडिकल कलेज अस्पतालमा रेफर गरिएको जनाइएको छ ।
घटनापछि बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुःख व्यक्त गर्दै घाइतेहरूको तत्काल र उचित निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
घटनापछि अशोकधाम मन्दिर तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाको कारणबारे प्रशासनले थप अनुसन्धान गरिरहेको छ ।
भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला
- २०८३ भदौ १ सोमबार
- न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है। जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन
पूरा पढ्नुहोस्


