जनकपुरः ग्यास व्यवसायी संघ धनुषाका अध्यक्षकै पसलमा छापामारी, १३१ ग्यास बरामद, कारवाहीको तयारी

२०८३ श्रावण ३१ आइतबार
दिउसो ४:५४ बजे
न्यूज ब्यूरो, डेस्क

 न्यूज ब्यूरो, जनकपुरधाम । ग्यास व्यवसायी संघ धनुषाका अध्यक्ष फुलदेव पण्डितले सँचालन गर्दै आएको सागर ट्रेडर्सबाट भारी सँख्यामा ग्यास बरामद भएको छ । 

बजारमा ग्यसाको अभाव सृजना भएको बेला संघका अध्यक्ष रहेका पण्डितको गोदामबाट १३१ वटा मनोज कम्पनीको ग्यास बरामद भएको हो । ग्यास जम्मा भर्ती रहेको अनुगमन टोलीले जनाएको छ । 

जनकपुरको बजरँगचौकस्थित रहेको सागर ट्रेडर्समा उपभोक्ताहरुको गुनासोको आधारमा अध्यक्षकै पसलमा छापामारी गरेको थियो । 

नेपाल आयल निगम महेन्द्रनगर डिपोबाट रामराज सिँहको नेतृत्वमा खटि गएको अनुगमन टोलीले सटर बन्द गरि राखिएको अवस्थामा छापामारी गर्दा १३१ भर्ती ग्यास बरामद भएको जनाएको छ । 

अनुगमन टोलीकै एक कर्मचारी अनुसार, ग्यासको अभाव भएको बेला पण्डितले सटर डाउन गरी राखेका थिए । सटर बन्द गरी ग्यास जम्मा गरेको आरोपमा कारवाही प्रक्रिया थालिने जानकारी दिए । उनले यसलाई कालोबजारीको सँज्ञा दिए । 

उनले आम उपभोक्तालाई ग्यास नदिएर सटरमा ताला लगाएर राखेको अवस्थामा ग्यास बरामद भएको पाईएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा कारवाही हुने उनले बताए । 

यता, अध्यक्ष पण्डितले भने उपभोक्ताहरुलाई ग्यास वितरणको लागि राखिएको बताएका छन् । उपभोक्ताहरुको सूचि राखेर ग्यास विक्री वितरण गरिरहेको बताउँदै वितरणकै लागि राखिएको ग्यासमा छापामारी भएको बताए । उनले आफू कालोबजारी नगरेको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०८३ श्रावण ३१ आइतबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus