बाढी प्रभावित विद्यार्थीको शिक्षाका लागि 'ग्रेस इन्टरनेसनल ग्रुप' ले दियो २५ लाख सहयोग

२०८३ भदौ १४ आइतबार
बेलुकी ६:४३ बजे
न्यूज ब्यूरो, डेस्क

काठमाडौं । बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीहरूको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले ग्रेस इन्टरनेसनल ग्रुपले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रेस इन्टरनेसनलका सह–संस्थापक तथा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष एन्ड्रयू पौडेलले शिक्षामन्त्रीसँग भेट गरी बाढी प्रभावित विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो ।

सोही अवसरमा पौडेलले ग्रेस इन्टरनेसनल ग्रुपका तर्फबाट २५ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गर्नुभएको जनाइएको छ ।

पछिल्लो समय बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा विद्यालय भवन, कक्षाकोठा तथा शैक्षिक सामग्रीमा क्षति पुगेपछि विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ । यस्तो अवस्थामा प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा विद्यालय पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पुल बनाउने समाग्री, उपकरणसहित भारतबाट नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान

  • २०८३ भदौ १४ आइतबार

न्यूज ब्यूरो, काठमाडौं । भारतबाट बाढी तथा विपद् प्रभावित नेपालका लागि राहत तथा उद्धार सामग्री बोकेको चौथो उडान नेपाल आईपुगेको छ । चौथो उडानमा ११ टन सहायता सामग्री पठाइएको छ ।

पूरा पढ्नुहोस्

Bureau Menus