धनुषामा पहिरोले घर पुरिँदा महिलाको मृत्यु, चार जना भागेर बचे

२०८३ असोज ११ आइतबार
बेलुकी ६:३४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–११ आपगाछी टोलमा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

आज बिहान वर्षासँगै खसेको पहिरोले घर पुरिँदा ४२ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरो खस्दा घरभित्र रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले घर पुरिएपछि स्थानीयवासीले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको छ । प्रहरीले घटनास्थलको अवस्था तथा क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।

लगातारको वर्षाका कारण पहाडी तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 20%
  • 40%

धनुषा जनकनन्दिनीका किसानहरुलाई सिँचाईका लागि विद्युतिय मोटर वितरण

  • २०८३ असोज ११ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका किसानहरुलाई विद्युतिय मोटर वितरण कार्यक्रम सुरु भएको छ ।  जनकनन्दिनी गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिकाको विभिन्न वडाका किसानहरुलाई विद्युतिय मोटर दिने कार्य सुरु

पूरा पढ्नुहोस्

Bureau Menus