लहान मनकामना अस्पतालमा रक्तदान कार्यक्रम, २५ जनाले गरे रक्तदान

२०८३ असोज १० शनिबार
बेलुकी ६:२४ बजे
न्यूज ब्यूरो, डेस्क

लहान । नेपाल रेडक्रस सोसाइटी, लहान शाखाको प्राविधिक सहयोगमा लहान मनकामना अस्पताल तथा प्रसूति गृह प्रा।लि।द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा आम सर्वसाधारणसहित २५ जनाले रक्तदान गरेका छन्।

अस्पतालका सञ्चालक बृदेव महतोले २५ जनाले रक्तदान गरेको जानकारी दिए। उनले रक्तदानजस्तो मानवीय कार्यमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

त्यस्तै, अस्पतालका प्रशासन प्रमुख रोशन कुशवाहाले रक्तदान गर्न सबैलाई आग्रह गरेका थिए। उनले रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।

कार्यक्रममा रक्तदान गर्ने अस्पतालका कर्मचारी, सगरमाथा एम्बुलेन्स संघका सदस्य तथा आम जनसमुदायप्रति अस्पताल परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, प्राविधिक सहयोग प्रदान गरेको नेपाल रेडक्रस सोसाइटी, लहान शाखाप्रति समेत अस्पताल परिवारले आभार व्यक्त गरेको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असोज १० शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus