बिहारमा योगी मोडेलः नाबालिगसँग दुरव्यवहार गरेका मुख्य आरोपी नन्दन यादवलाई बिहार प्रहरीले गर्यो एन्काउण्टर

२०८३ असोज ६ मंगलबार
दिउसो ३:५५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, बिहार ।  भारतको बिहारस्थित जमुईमा नाबालिग छात्रामाथि दुर्व्यवहार तथा छेडछाडको घटनाका मुख्य आरोपी नन्दन यादव प्रहरीसँगको मुठभेडमा गोली लागेर घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार प्रहरीले नन्दन यादवलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि गोली चलाएको र त्यसपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । सो क्रममा यादवको खुट्टामा गोली लागेको जनाइएको छ । उनलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगिएको छ ।

नन्दन यादवमाथि १९ सेप्टेम्बरमा मडवा पहाडबाट फर्किरहेका नाबालिग छात्र–छात्रालाई बाटोमा रोकेर दुर्व्यवहार तथा छेडछाड गरेको घटनामा मुख्य आरोपीका रूपमा अनुसन्धान भइरहेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो ।

यसअघि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिसकेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा सातदेखि आठ जनासम्मको संलग्नता रहेको आशंका गरिएको छ भने अन्य आरोपीको खोजी जारी छ ।

घटनाको भिडियो सार्वजनिक भएपछि बिहार महिला आयोग तथा राष्ट्रिय महिला आयोगले समेत घटनाबारे जानकारी मागेका छन् । घटनालाई लिएर बिहारमा महिला सुरक्षाको विषयमा समेत बहस चर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । मुठभेडको घटनाक्रम र प्रहरीले चलाएको गोलीसम्बन्धी विस्तृत विवरण भने अनुसन्धानपछि स्पष्ट हुने देखिएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

ललितपुर जिल्ला अदालतबाट जनमतका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पाए सफाइ

  • २०८३ असोज ६ मंगलबार

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको जाहेरीमा चलेको ठगीसम्बन्धी मुद्दामा जनमत पार्टीका पूर्वराष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ललितपुर जिल्ला अदालतबाट सफाइ पाएका छन् । ललितपुर जिल्ला अदालतका न्यायाधीश

पूरा पढ्नुहोस्

Bureau Menus