पूर्वी धनुषाको कमला नदीमा पानीको सतह बढदै, खजुरी प्रहरीले सुरु गर्यो सुरक्षा माईकिँग

२०८३ असोज ९ शुक्रबार
बिहान ०९:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा र सिरहा जोडने कमला नदीमा पानीको बहाब बढन थालेपछि पूर्वी धनुषाको छेउमा सुरक्षा अपनाउन माईकिँग सुरु गरिएको छ । 

ईलाका प्रहरी कार्यालय खजुरीका ईन्सपेक्टर दिनेश बहादुर कुँवरको निर्देशनमा कमला तटीय क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन माईकिँग सुरु गरिएको हो । 

ईन्सपेक्टर कुँवरका अनुसार कमला नगरपालिका, जनकनन्दिनी गाउँपालिका क्षेत्र अन्तर्गत पने ईलाकाभित्र कमला तटीय वस्तीमा बाढीको सम्भवाना भन्दै सुरक्षा सतर्कता अपनाउन माईकिँग गरिएको हो । 

जनकनन्दिनीको ईनरवा, मल्हनीयाँ, कठालसहित कमला नगरपालिकाको साघारा, बरेरबा, लक्कड, सिँयाही मडान लगायतका क्षेत्रमा विहिबारदेखि नै माईकिँग सुरु गरिएको हो । 

गृह मन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरेपछि ईलाका प्रहरी कार्यालय खजुरीले सुरक्षाको लागि तयारी अवस्थामा बसेको बताईएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनौजी गाउँपालिकाको १५औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत, ६० करोड ५५ लाखको बजेट अनुमान

  • २०८३ असोज ९ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै रु. ६० करोड ५५ लाख

पूरा पढ्नुहोस्

Bureau Menus