जनकपुरः धनुषा प्रहरीले गोली चलाएर समाते लागुऔषध तस्कर, एक युवक पक्राउ

२०८३ असोज ११ आइतबार
बेलुकी ६:०१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले विदेह नगरपालिका वडा नं. ८ बफैबाट २०.३४ ग्राम ब्राउनसुगरसहित स्थानीय अजय मण्डललाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा धनुषा प्रहरीको क्राईम ब्रान्चबाट खटि गएको प्रहरी टोलीले उनलाई पक्राउ गर्ने क्रममा एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज साँझ करिब ५ः३० बजे मण्डललाई नियन्त्रणमा लिइएको हो । मण्डलको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ असोज ११ आइतबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus