ज्वरो र खोकी लागेपछि मन्त्री लम्साललाई होटलमै उपचार, थप उपचारका लागि हेलिकप्टरबाट काठमान्डौँ

२०८३ भदौ १ सोमबार
बिहान ०९:१२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ । ज्वरो र खोकीपछि होटलमै उपचार गराइरहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा विकास निर्माणका आयोजनाको स्थलगत निरीक्षणमा रहेका मन्त्री लम्साल स्वास्थ्यमा समस्या आएपछि बैतडीको गोठालापानीस्थित होटलमै आराम गरिरहेका थिए । उहाँलाई रुघाखोकी, उच्च ज्वरो र टन्सिलको समस्या देखिएको बताइएको छ ।

स्वास्थ्यमा सुधार नआएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाएर आइतबार बैतडीबाट उहाँलाई धनगढी लगिएको थियो । धनगढीबाट थप उपचारका लागि सेनाको स्काई ट्रकमार्फत साँझ काठमाडौं पठाइएको प्रशासनले जनाएको छ । 

मन्त्री लम्साल शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधार निर्माणको अवस्थाबारे स्थलगत निरीक्षणमा हुनुहुन्थ्यो । दार्चुला र बैतडीको निरीक्षणपछि उहाँको बझाङ जाने कार्यक्रम तय भए पनि स्वास्थ्यमा समस्या देखिएपछि बाँकी भ्रमण स्थगित गरिएको छ । 

प्रशासनका अनुसार मन्त्री लम्साललाई भाइरल ज्वरोको लक्षण देखिएको थियो । थप स्वास्थ्य परीक्षण र उपचारका लागि काठमाडौं लगिएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सप्तरीमा एआई एक्सरे प्रविधिबाट क्षयरोग पहिचानसम्बन्धी एकदिने शिविर सम्पन्न

  • २०८३ भदौ १ सोमबार

न्यूज ब्यूरो, सप्तरी । कञ्चनरूप नगरपालिका–१२ स्थित रुपनगर स्वास्थ्य चौकीमा एआई एक्सरे प्रविधिमार्फत क्षयरोगसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । २०८३ साल साउन ३१ गते सञ्चालन गरिएको शिविरमा एआई एक्सरे

पूरा पढ्नुहोस्

Bureau Menus