स्वर्गीय राजेन्द्र बिमलको घर पुगेर एमाले नेता एवम् पूर्वमन्त्री महासेठले दिए श्रद्धाञ्जली

२०८३ श्रावण ३१ आइतबार
बिहान ११:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । एमालेका उपमहासचिव तथा पूर्वमन्त्री समेत रहेका नेता रघुवीर महासेठले स्वः डा. राजेन्द्र बिमलको घर पुगेर श्रद्धाञ्जली दिएका छन् । 

अस्पतालमा उपचारको क्रममा अल्पायूमै निधन भएका जनकपुरका श्रष्टा डा. राजेन्द्र बिमलको घर पुगेर महासेठसहित एमालेका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन् । 

श्रद्धाञ्जलीको क्रममा महासेठले डा. राजेन्द्र बिमल जनकपुरको मात्र नभई सिँगो देशको धरोधरको रहेको बताए । उनले देशले एक साहित्यिक धरोहर गुमाएको भन्दै दुःख व्यक्त गरे । 

महासेठका साथै मधेश प्रदेशका साँसद दीपेन्द्र ठाकुर, क्षीरेश्वरका मेयर सुखदेव यादव, एमाले जिल्ला सचिव दिपनारायण ठाकुरसहितका नेताहरुसमेत श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ श्रावण ३१ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus