न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका–५ का मो। ताहिर राईन रहेका छन् ।
नेपाल प्रहरीका अनुसार राईनलाई एनसीबी कतार दोहाको समन्वयमा कतारबाट पक्राउ गरी सोमबार बिहान नेपाल ल्याइएको हो । सम्बन्धित मुद्दामा कानुनी कारबाहीका लागि उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
उक्त मुद्दामा संलग्न रही फरार रहेका राईनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउ गर्न एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८३ साउन १२ गते उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
कतारमा पक्राउ परेपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई नेपाल फिर्ता ल्याइएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाका अनुसार राईनलाई सम्बन्धित कसुरमा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको छ ।
जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु
- २०८३ श्रावण २५ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा उपमेयरकप अन्तरविद्यालय महिला कबड्डी प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा सुरु भएको पाँचदिवसीय प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका उपप्रमुख
पूरा पढ्नुहोस्






