न्यूज ब्यूरो,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधनमा शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सोमबार एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गर्ने भएको छ ।
उपमहानगरपालिकाले आइतबार जारी गरेको शोक सन्देशअनुसार वडा अध्यक्ष साहको सोमबार बिहान ५ बजे असामयिक निधन भएको हो । उनको निधनप्रति दुःख व्यक्त गर्दै उपमहानगरपालिकाले सोमबार कार्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
नगर कार्यपालिकाको कार्यालयको निर्णयअनुसार सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयका सेवा बन्द रहनेछन् । स्वास्थ्य, दमकल, सरसफाइलगायत अत्यावश्यक सेवा भने नियमित सञ्चालन हुने उपमहानगरपालिकाले स्पष्ट पारेको छ ।
उपमहानगरपालिकाले दिवंगत साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
ट्याँकरबाट तेल चोरी गर्दैगर्दा पेट्रोल पम्प सँचालकसहित ७ जना पक्राउ
- २०८३ श्रावण २५ सोमबार
न्यूज ब्यूरो, वीरगँज । पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीमा संलग्न ७ जनासहित ट्याङ्कर पनि नियन्त्रणमा लिएको छ । इन्डियन आयल कर्पोरेशन
पूरा पढ्नुहोस्



