कप्तानगञ्ज गोलीकाण्डमा संलग्न भएको आशंकामा चार जना भारत भाग्दै गर्दा बोर्डरबाटै पक्राउ

२०८३ श्रावण २४ आइतबार
बिहान ०९:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सुनसरी ।  सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा संलग्न भएको आशंकामा चार जना पक्राउ परेका छन् ।

गोलीकाण्डमा संलग्न हुन सक्ने आशंकामा नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्ने क्रममा चार जनालाई पक्राउ गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । केही जना पक्राउ परेको पुष्टि सुनसरी प्रहरीले समेत गरेको हो । 

पक्राउ पर्नेमा कप्तानगँजकै स्थानीयहरु ४ जना जना रहेको बताईएको छ । यद्यपी, सुनसरी प्रहरीले भने नाम खुलाउन चाहेनन् । अनुसन्धानकै क्रममा रहेकोले नाम खोल्न नमिल्ने बताएको हो । 

घटनामा संलग्न हुन सक्ने आशंका गरिएका थप दुई जना भने भाग्न सफल भएको बताइएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको तथा पक्राउ परेकाहरूको गोलीकाण्डमा संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus