धनुषा रघुनाथपुर हनुमान मन्दिरमा भएको हत्या काण्डमा दुई जना पक्राउ !

२०८३ श्रावण २४ आइतबार
बेलुकी ७:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरस्थित रहेको हनुमान मन्दिरमा पूजाआजा गर्दै आएका व्यक्तिको हत्या काण्डमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

गत साउन १५ गते बिहान रघुनाथपुरको हनुमान मन्दिरमा बस्दै आएका धनुषा हँसपुरका बन्ठु राउतलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । केही बेरमा आएको धनुषा प्रहरीको डग टोलीले सबैलाको बरकुरवातर्फ गएको थियो । 

सोही आधारमा धनुषा प्रहरीले हत्या भएको सोही दिन एक जनालाई पक्राउ गरेको थियो । एक जनालाई बयानको आधारमा पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । 

हिन्दु मुस्लिम विवाद र तनाव चलिरहँदा बखत भएको हत्याले माहौल तताएको थियो । धनुषा प्रहरीले तत्कालै स्थिति साम्य पार्न सफल भएको थियो । 

पक्राउ परेकाहरुको नाम भने खुलाउन नमिल्ने धनुषा प्रहरीले जनाएको छ । यसबारे अझै अनुसन्धान जारी रहेको छ । 

 

  • 0%
  • 17%
  • 0%
  • 0%
  • 0%
  • 50%

ट्याँकरबाट तेल चोरी गर्दैगर्दा पेट्रोल पम्प सँचालकसहित ७ जना पक्राउ

  • २०८३ श्रावण २४ आइतबार

न्यूज ब्यूरो, वीरगँज । पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीमा संलग्न ७ जनासहित ट्याङ्कर पनि नियन्त्रणमा लिएको छ । इन्डियन आयल कर्पोरेशन

पूरा पढ्नुहोस्

Bureau Menus