'साइडबाट मात्रै हेर्छु'...भनेर घरबाट निस्किएका भाइ कहिल्यै फर्किएनन् !

२०८३ श्रावण १५ शुक्रबार
बिहान ११:४२ बजे
न्यूज ब्यूरो, डेस्क

सबिन यादव, सिरहा । सिरहाको औरही गाउँपालिका–२, तुलसीपुर (मोतिपुर) निवासी ४१ वर्षीय   राम बृक्ष  यादवको परिवार अहिले गहिरो शोकमा डुबेको छ। अर्काको ट्र्याक्टर चलाएर परिवारको गुजारा गर्दै आएका उनी विगत ८ वर्षदेखि चालकको रूपमा काम गर्दै आएका छन्। यसअघि इँटा भट्टामा पनि काम गरेका उनी रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए। त्यहाँ प्लास्टिक फ्याक्ट्रीमा काम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि नेपाल फर्किएका थिए।

कडा मेहनत गरेर आफ्ना तीन सन्तानको भविष्य उज्ज्वल बनाउने उनको सपना थियो। उनका दुई छोरा र एक छोरी छन्। कान्छी छोरी मनिषा कुमारी यादव कक्षा ४ मा अध्ययनरत छिन्।
उनका जेठा छोरा कमलेश यादव (अन्दाजी १८ वर्ष) कबलासी विद्यालयबाट एसईई उत्तीर्ण गरी गोलबजारस्थित माउन्ट विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दै आएका थिए। उनी आफ्ना भाइ गणेश यादव (अन्दाजी १५ वर्ष) सँग गोलबजारमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

परिवारका अनुसार, आन्दोलन भएको दिन गणेश आन्दोलन हेर्न जाने बेला कमलेशले "नजाऊ" भनेर सम्झाएका थिए। तर गणेशले "म त साइडबाट मात्रै हेर्छु" भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी आन्दोलनका क्रममा घाइते भए र उपचारका क्रममा उनको मृत्यु भयो।

१५ वर्षीय गणेश यादव, औरही गाउँपालिका–२ निवासी, उपचारका क्रममा मृत्यु भएको हो। उनको असामयिक निधनले परिवारमात्र होइन, सिंगो गाउँ नै शोकमा डुबेको छ।
छोराको मृत्युले विक्षिप्त बनेका बुवा राम बृक्ष यादव  सरकारसँग एउटै माग छ। "जसले मेरो छोराको ज्यान लियो, त्यसमाथि निष्पक्ष अनुसन्धान होस्। दोषीलाई कानुनअनुसार कडा कारबाही गरियोस्। मेरो निर्दोष छोराले न्याय पाओस्।"

आर्थिक अभावका बीच पसिना बगाएर सन्तानलाई पढाउने सपना देखेका एक बुवाको जीवन अहिले शोक र न्यायको प्रतीक्षामा सीमित भएको छ। यता गाउँमा गाउलेहरुले गृहमन्त्री आउने सूचना पाए देखि हामी बिरोध गर्छौ भन्दै बननिया चौकमा भेला भएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

हलिउडस्तरको VFX सहित ‘रामायण’को हिन्दी ट्रेलर सार्वजनिक, रणबीर–यशको अवतार चर्चामा

  • २०८३ श्रावण १५ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । निर्माता नमित मल्होत्राको बहुप्रतीक्षित चलचित्र ‘रामायण’को आधिकारिक हिन्दी ट्रेलर बिहीबार सार्वजनिक भएको छ । निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको यो पौराणिक महाकाव्यमा रणबीर कपूर भगवान राम,

पूरा पढ्नुहोस्

Bureau Menus