जानकी मन्दिरमा निषेधपछि बौखलाए हर्क साम्पाँग, हरेक १५ मिनेटमा फेसबुके स्टेटस

२०८३ श्रावण ८ शुक्रबार
बिहान ०७:५९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा जानकी मन्दिर दर्शनको कार्यक्रम राखेका साँसद हर्क साम्पाँगलाई निषेध गरिएपछि उनी बौखलाएको आरोप लागेको छ । 

जनकपुरमा गत मँगलबार दिउँसो जानकी मन्दिर दर्शनको कार्यक्रम राखेका हर्क साम्पाँगलाई पुरानो अभिव्यक्तिकै कारण प्रवेश निषेध गरेपछि उनी जानकी मन्दिर र जनकपुरको बारेमा तथानाम लेख्न थालेका छन् । 

मँगलबारदेखि नै हरेक औसत १५ मिनेटमा उनले स्टेटस राख्न थालेका हुन् । स्टेटसमा जनकपुरवासी, जनकपुरमा भएको व्यवहार र केही हिन्दुवादी युवकहरुलाई लक्षित गर्दै धमाधम स्टेटस हाल्दै आएका हुन् । 

जानकी मन्दिरमा हिन्दुवादी युवक भनिएका शशि सनातनीलाई समेत लक्षित गर्दै स्टेटस हालेका छन भने उनले जनकपुरमा असुरक्षाको कारण देखाउँदै कसैलाई नजान भनि आग्रह गरेको लेखेका छन् । यस्तो स्टेटसप्रति उनलाई कमेन्टमै विभिन्न व्यक्तिहरुले समेत तथानाम भन्दै विरोध जनाएको हो । 

व्यक्तिगत मुद्दालाई सार्वजनिक रुपमा जनकपुर नजानु भनेर अनुरोध गरेपछि उनको आलोचना भएको छ । उनका समर्थकहरुले समेत बौखलाएको भन्न थालेको हो । 

  • 0%
  • 75%
  • 0%
  • 0%
  • 0%
  • 0%

वैदेशिक रोजगार ठगीका तीन फरार प्रतिवादी पक्राउ गर्न विभागद्वारा अनुमति माग

  • २०८३ श्रावण ८ शुक्रबार

न्यूज ब्यूरो, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि अनुमति माग गरेको छ । विभागले वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौंमा

पूरा पढ्नुहोस्

Bureau Menus