धनुषाको ढल्केवरस्थित होटलमा छापामारी, साढे पाँच जोडी पक्राउ

२०८३ श्रावण ५ मंगलबार
दिउसो १२:१७ बजे


न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको ढल्केवरस्थित एक होटलमा प्रहरीले छापा मारेर होटल सञ्चालकसहित ११ जना (साढे पाँच जोडी) लाई पक्राउ गरेको छ। सोमवार ढल्केवरस्थित रहेको न्यू मनकामना गेष्ट हाउसबाट होटल सञ्चालकसहित ११ जनालाई नियन्त्रण लिइएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। 

कम उमेरका बालिकालाई होटलभित्र लगेर अनैतिक क्रियाकलाप भइरहेको भन्ने खवर स्थानीयले प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय ढल्केवरवाट खटिएको प्रहरी टोलीले उक्त होटलमा सर्च गरेका थिए ।

त्यसैक्रममा ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक केसीले बताए। नियन्त्रणमा लिइएको पाँचवटै जोडीलाई सम्झाइबुझाई छाडिएको उनको भनाइ छ। होटल सञ्चालक सत्रुधन दास नियन्त्रणमै रहेको प्रहरी निरीक्षक केसीले जनाए।

“होटलबाट पाँचवटा जोडी ल्याएका थियौं । त्यसमा एउटा अन्डर ऐज जोडी पनि थियो । सबै गर्लफ्रेण्ड–बोयफ्रेण्ड रछ । हामीले सबैलाई सम्झाइबुझाई छाडेका हौं,” प्रहरी निरीक्षक केसीले भने “अन्डर ऐज जोडीलाई पनि कोठा दिएको पुष्टि भएपछि होटल सञ्चालकलाई नियन्त्रणमा राखेका हौं । उहाँलाई पटकपटक सम्झाउँदा समेत अटेर गरेको पाइएको हो ।”

होटल सञ्चालक दासमाथि कारबाही प्रक्रिया अगाडी बढाइने तयारी भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

ढल्केवरका अधिकांश होटलमा अवैध यौन धन्दा भइरहेको व्यापक जनगुनासो भएपनि त्यसलाई नियन्त्रण गर्न होटल व्यवसायी, स्थानीय जनप्रतिनिधि, प्रहरीप्रशासन गम्भिर नबन्दा यहाँ यौन व्यवसायले विक्राल रुप लिएको स्थानीहरु बताउँछन् । 

दुवै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको भए पनि यस्ता घटना दोहोरिनुले होटल सञ्चालनको मापदण्ड, प्रहरी अनुगमन, स्थानीय सरकारको नियमन तथा होटल व्यवसायको आडमा हुने अवैध गतिविधिमाथि गम्भीर प्रश्न उठाएको स्थानीयहरु बताउँछन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Autonomy vs Accountability: Rethinking the Role of Financial System Regulators

  • २०८३ श्रावण ५ मंगलबार
  • Anuja Das

Anuja Das | In every country, financial regulators plays important role in keeping the economy safe and stable. Financial regulators are responsible to ensure banks follow the rules, manage risks,

पूरा पढ्नुहोस्

Bureau Menus