जनकपुरमा पूर्वमन्त्री महासेठद्धारा उद्योग वाणिज्य संघको विभिन्न संरचनाको श्रीगणेश

२०८३ श्रावण २ शनिबार
बेलुकी ७:४९ बजे
बिजय ठाकुर

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उद्योग वाणिज्य संघको ५८औँ वार्षिक साधारणसभाको अवसरमा संघ परिसरमा निर्माण तथा स्तरोन्नति गरिएका विभिन्न पूर्वाधारहरूको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि प्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले  सुविधा सम्पन्न गणेश अतिथि सदन,  प्राङ्गणमा नवनिर्मित गणेश मन्दिर, प्रशासकीय भवनको स्तरोन्नति तथा सौन्दर्यकरण, साथै मिथिला पेन्टिङसहित पर्खाल र झुलाको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा हजारौँको संख्यामा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले जनकपुरधाम उद्योग वाणिज्य संघले व्यवसायिक वातावरणसँगै धार्मिक, सांस्कृतिक र सौन्दर्य प्रवर्द्धनका लागि गरेको पूर्वाधार विकासको प्रशंसा गरेका थिए।

कार्यक्रम भव्य, सभ्य र व्यवस्थित वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। उद्घाटन गरिएका संरचनाले उद्योग वाणिज्य संघको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै जनकपुरधामको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास व्यक्त गरिएको छ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न ५८औँ वार्षिक साधारणसभामा संघको वार्षिक गतिविधि, भावी योजना तथा व्यवसायिक क्षेत्रका समसामयिक विषयमा समेत छलफल गरिएको थियो।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

वीरगँजकी एसिड पीडित मुस्कान खातुनको लागि अमिताभ बच्चनको मेसेज

  • २०८३ श्रावण २ शनिबार

Bureau Menus