न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दू सम्राट सेनाले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेश गर्न नदिने घोषणा गरेको छ । साम्पाङले सार्वजनिक रूपमा गाईको मासु खानुपर्ने आशयको अभिव्यक्ति दिएको भन्दै संगठनले त्यसको विरोधस्वरूप यस्तो निर्णय गरेको जनाएको छ ।
संगठनका अनुसार साम्पाङको अभिव्यक्तिले हिन्दू धर्मावलम्बीको धार्मिक आस्था र भावनामा ठेस पुगेको दाबी गर्दै उनी जानकी मन्दिर प्रवेश गर्न खोजे शान्तिपूर्ण रूपमा अवरोध गरिने बताइएको छ । यसका लागि मन्दिर परिसरमा आफ्ना कार्यकर्ता परिचालन गरिने पनि जनाइएको छ ।
जानकी मन्दिर हिन्दूहरूको प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक भएकाले धार्मिक मर्यादा कायम गर्नुपर्ने संगठनको भनाइ छ । साम्पाङले आफ्नो अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना नगरेसम्म मन्दिर प्रवेश स्वीकार्य नहुने हिन्दू सम्राट सेनाले जनाएको छ ।
यद्यपि, समाचार तयार पार्दासम्म हर्क साम्पाङ वा उनको सचिवालयले हिन्दू सम्राट सेनाको घोषणाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।
हिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, साम्पाँगले पटक पटक गाई खानुपर्ने अभिव्यक्ति दिएकोले हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा निषेधको तयारी गरिएको जानकारी दिएको छ ।
धरानका पूर्व मेयर समेत रहेका श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाँगलाई हिन्दु विरोध अभिव्यक्तिको कारण निषेध गर्न लागिएको जनाएको छ । साम्पाँग आजै जनकपुर आई जानकी मन्दिर दर्शनको कार्यक्रम फेसबुक मार्फत जानकारी गराएका थिए ।
जानकी मन्दिरमा सुरक्षा कडा बनाइएको छ ।
धनुषाको ढल्केवरस्थित होटलमा छापामारी, साढे पाँच जोडी पक्राउ
- २०८३ श्रावण ५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ढल्केवरस्थित एक होटलमा प्रहरीले छापा मारेर होटल सञ्चालकसहित ११ जना (साढे पाँच जोडी) लाई पक्राउ गरेको छ। सोमवार ढल्केवरस्थित रहेको न्यू मनकामना गेष्ट हाउसबाट होटल
पूरा पढ्नुहोस्




