न्यूज ब्यूरो, जनकपुरधाम । श्रम सँस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनीधि सभा सदस्य हर्क राज राई (हर्क साम्पाँग) ले जनकपुरमा आफ्नो श्रमदाताहरुसँग दुरव्यवहार भएको बताएका छन् ।
उनले आफ्नो समाजिक सँजाल फेसबुकमा एक स्टेटस लेख्दै जानकी मन्दिर परिसरमा श्रमदाताहरुसँग दुरव्यवहार भएको उल्लेख गरेका छन् । उनले आज मन्दिर दर्शन गर्ने नसकेको भन्दै कुनै दिन जानकी देवीले दर्शन दिने अपेक्षा गरेका हुन् ।
उनले लेखेका छन् – 'जानकी मनदीर परिषरमा हाम्रा श्रमदाताहरुलाई दुर्व्यवहार भएछ ! त्यसैले मनदीर दर्शन गर्न नसक्ने भैयो आज ! कुनै दिन जानकी देवीले दर्शन दिनुहोला ! I am hopeful. ????????????'
यसका साथै उनले त्यसअघि आफू जनकपुर नपुग्दै लखेटेको समाचारप्रति व्यँग गरेका छन् । उनले त्यसलाई भ्रम फैलाइएको भनेर दाबी गरेका छन् । जानकी मन्दिरमा मँगलबार दिउँसो उनका समर्थक, कार्यकर्ताहरुलाई मन्दिर पस्न दिएनन् । हिन्दु सम्राट नेपाल नामक कार्यकर्ताहरुले प्रवेश निषेध गरेको थियो ।
अर्को स्टेटसमा गाई खाएको भनेर मन्दिर प्रवेश गर्न नदिने जस्तो सुनेको बताउँदै कसले गाई खायो ? भनेर प्रश्न तेर्साएका हुन् । यो कस्तो खालको राजनीति हो भन्दै जानकी मन्दिरको जयकार समेत गरेका हुन् ।
यसका साथै, धर्मको कुरालाई लिएर लफडा भएको, उहिलेको कुरालाई लिएर लफडा गरेको तथा आफ्ना कार्यकर्ता, समर्थकहरुलाई सँयम बन्न आग्रह गरेका हुन् ।
- २०८३ श्रावण ५ मंगलबार

.jpeg)





