जनकपुरमा ५ बर्षिय बहिनीमाथि धारिलो हतियार प्रहार गरी बनाए गम्भिर घाईते, सन्दुकभित्र बन्द गरेर युवक फरार

२०८३ श्रावण ३ आइतबार
बेलुकी ५:३८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक युवकले आफ्नै काकाकी छोरीमाथि धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएको घटना बाहिरिएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ बसबिट्टीस्थित बस्ने स्थानीय अवधेश रायका २४ बर्षिय छोरा आकाश राय उर्फ सदानन्द रायले आफ्नै काकाकी छोरी ५ बर्षिय लक्ष्मी रायलाई घरमा बोलाएर घाँटी, टाउकोमा धारिलो हतियार प्रहार गरेको आरोप छ । स्थानीय सुरेश रायकी छोरीमाथि प्रहार भएको हो । 

जमिनको विवादलाई लिएर ५ बर्षिय अवोध बालिकालाई आफ्नो घरमा बोलाएर सदानन्दले धारिलो हतियार प्रहार गरेको स्थानीयहरुले बताएको छ । ५ बर्षिय बालिका लक्ष्मीलाई घरमा बोलाएर उनको घाँटी, टाउकोमा हथियार प्रहार भएको थियो । साथै, उनको शरिरमा केयौँ पटक चाकुले प्रहार गरेको पाईएको हो । 

शनिबार दिउँसो करिब ३ः३० बजेको समयमा घटना भएको स्थानीयहरुले जनाएको छ । बालिका लक्ष्मीलाई रक्ताम्य पारी आफ्नै घरको सन्दुकमा प्याक गरेको बताईएको छ । बालिकासँगै खेल्दै आएकी स्थानीय एक बालिकाले लक्ष्मीको परिवारलाई सबै कुरा भनेपछि घटना बाहिरिएको थियो । 

उनको घरमा जाँदा स्थानीयहरुले लक्ष्मीलाई बेहोस र रक्ताम्य अवस्थामा सन्दुकमा भेटिएको थियो । उनलाई तत्कालै एम्बुलेन्स मार्फत विराटनगर रिफर गरिएको जनाइएको छ । उनको उपचार विराटनगरमै भईरहेको छ भने अवस्था गम्भिर रहेको छ । 

यता, आरोपित सदानन्द राय भने शनिबारदेखि नै सम्पर्कविहिन भई फरार भएको जनाइएको छ । सदानन्दको बुवा केही बर्ष अगाडी बितेपछि जमिनी विवाद चल्दै आएको थियो । सोही आवेगमा उनले यस्तो घटना गरेको जनाईएको छ । हाल फरार रहेका उनलाई खोजी कार्य तीव्र पारिएको हो । 

  • 0%
  • 0%
  • 10%
  • 10%
  • 10%
  • 70%

बच्चा खेलाउँदै बाँदर

  • २०८३ श्रावण ३ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus