न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा १५ वर्षीया एक नाबालिग बालिकामाथि सामूहिक जबरजस्ती करणी, श्रम शोषण तथा जबरजस्ती गर्भपतन गराउने प्रयास भएको आरोपमा पाँच जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा दिएको जाहेरीअनुसार क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिर पूर्वपट्टि रहेको ‘बैठारे क्याफे’ तथा ‘आयुस इभी चार्जिङ स्टेशन’ मा कार्यरत ती बालिकामाथि विगत करिब तीन महिनादेखि डर, धम्की र प्रलोभनमा पारेर पटक–पटक सामूहिक जबरजस्ती करणी गरिएको आरोप लगाइएको हो ।
जाहेरीमा क्षिरेश्वरनाथ नगरपालिका–१ निवासी ३० वर्षीय नागेन्द्र मण्डल, २५ वर्षीय सतिश मण्डल, २२ वर्षीय प्रताप मण्डल, वडा नं. ५ निवासी २८ वर्षीय चान्द अन्सारी भनिने रिजवी अन्सारी तथा नितेश भनिने सोनु मण्डललाई प्रतिवादी बनाइएको छ ।
जाहेरीअनुसार विपन्न परिवारकी ती बालिकालाई राति १२ बजेसम्म क्याफेमा काममा लगाई श्रम शोषणसमेत गरिएको थियो । निरन्तर यौन दुर्व्यवहारका कारण बालिका गर्भवती भएपछि घटना लुकाउने उद्देश्यले आरोपितहरूले असार २८ गते जबरजस्ती गर्भपतन गराउने औषधि सेवन गराएको दाबी गरिएको छ ।
औषधि सेवनपछि अत्यधिक रक्तस्राव भई बालिकाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई उपचारका लागि जानकी मेडिकल कलेजमा भर्ना गरिएको जाहेरीमा उल्लेख छ । उपचारका क्रममा गर्भ रहेको तथा गर्भपतन गराउने उद्देश्यले औषधि सेवन गराइएकाले अत्यधिक रक्तस्राव भएको चिकित्सकले जानकारी दिएको पनि जाहेरीमा उल्लेख गरिएको छ ।
कमला नगरपालिकामा 'ग्रामीण अल्ट्रासाउण्ड सेवा' सुरु, गर्भवती महिलाले घर नजिकै पाउनेछन् USG सुविधा
- २०८३ श्रावण ३ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड (USG) सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नगरपालिकाको पहलमा
पूरा पढ्नुहोस्





