न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १५ वर्षीया एक बालिका गर्भवती भएको घटनालाई लिएर सामाजिक सञ्जालमा पछिल्ला दुई दिनदेखि सामूहिक जबरजस्ती करणी, श्रम शोषण तथा अवैध गर्भपतनको प्रयास भएको दाबी गर्दै नामसहितको पोस्ट भाइरल भइरहेको छ । तर, जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त पोस्टमा उल्लेख गरिएअनुसार कुनै पनि जाहेरी दर्ता नभएको जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल पोस्टमा पाँच जनाविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा किटानी जाहेरी दर्ता भएको, उनीहरूले बालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको तथा गर्भपतन गराउने प्रयास गरेको दाबी गरिएको छ । पोस्टमा केही व्यक्तिको नाम, ठेगाना र घटनाको विस्तृत विवरणसमेत उल्लेख गरिएको छ ।
तर, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त दाबी पुष्टि भएको छैन । प्रहरीले हालसम्म पोस्टमा उल्लेख गरिएअनुसार जबरजस्ती करणीसम्बन्धी कुनै किटानी जाहेरी दर्ता नभएको स्पष्ट पारेको छ ।
प्रहरी स्रोतका अनुसार बालिका गर्भवती भएको विषय भने अनुसन्धानको क्रममा खुलेको छ । प्रारम्भिक अनुसन्धानमा क्षीरेश्वरनाथ नगरपालिका–५ निवासी एक युवकसँग बालिकाको सम्बन्ध रहेको देखिएको बताइएको छ । यस घटनासँग सम्बन्धित अन्य तथ्यहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानसँग परिचित स्रोतका अनुसार सामाजिक सञ्जालमा नाम जोडिएका अन्य व्यक्तिहरूको संलग्नता पुष्टि हुने आधार हालसम्म फेला परेको छैन । यसअघि भएको कुटपिटको घटनाको पुरानो विवादका कारण केही व्यक्तिलाई समेत आरोपमा जोड्ने प्रयास भएको हुन सक्ने कोणबाट अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।
त्यस्तै, प्रारम्भिक बयानका क्रममा बालिकाले आयुस ईभी चार्जिङ स्टेशनमा कार्यरत अन्य व्यक्तिबाट आफूमाथि कुनै दुव्र्यवहार नभएको उल्लेख गरेको प्रहरी स्रोतले जनाएको छ । यससम्बन्धी भिडियो बयान समेत रहेको बताइएको छ ।
https://www.facebook.com/reel/979204358072280
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएका अपुष्ट सामग्रीलाई आधार बनाएर कुनै निष्कर्षमा नपुग्न र पुष्टि नभएका आरोपसहित सामग्री प्रचारप्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अनुसन्धानबाट पुष्टि हुने तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
गत असार १२ गते भएको सामुहिक कुटपिटको प्रकरणमा क्षीरेश्वरनाथ १ स्थित रहेको आयुष चार्जिँग स्टेशनका सँचालकलाई ८ जना मिलेर कुटपिट गरेको भिडियो भाईरल बनेको थियो । सोही प्रकरणमा जाहेरी भएपछि उनीहरुलाई फँसाउनको लागि बालिकालाई प्रयोग गरेको आरोप छ ।
बालिका सोही आयुष चार्जिँग स्टेशनमा काम गर्दै आएकी र स्टेशन सँचालक नातामा मामा पर्ने जनाएको छ । बालिकाले दिएको बयान अनुसार मामाहरुले केही नगरेको तथा एक जना युवकसँग सम्बन्ध रहेको प्रष्टयाएकी छन् । युवक क्षीरेश्वरनाथ ५ को रहेको बुझिएको छ ।
बालिकालाई जानकी मेडिकल कलेजमा उपचार गराइएको छ । सो उपचारको बिल, रिपोर्ट राखेर केही व्यक्तिहरुले आयुष चार्जिँग स्टेशनका कर्मचारीसहित पुरानो झगडाका वादीहरुलाई फँसाउन खोजिएको आरोप छ ।
Vianet र Classic Tech को आक्रामक विस्तारबीच WorldLink शीर्षमै, Subisu ले एक वर्षमा गुमायो ४५ हजारभन्दा बढी ग्राहक
- २०८३ श्रावण ४ सोमबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको फिक्स्ड ब्रोडब्यान्ड बजारमा प्रतिस्पर्धा तीव्र बन्दै जाँदा बजार अग्रणी वर्ल्डलिंक कम्युनिकेसन्सले शीर्ष स्थान कायम राख्न सफल भएको छ भने सुबिसु केबलनेटले भने एक वर्षमै ४५ हजारभन्दा
पूरा पढ्नुहोस्

.jpeg)