बुहारीले काटिदिइन आफ्नै ससुराको प्राईभेट पार्ट, दुई वर्षदेखि बलात्कार गरेको दाबी

२०८३ श्रावण ३ आइतबार
बिहान ०९:४४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा २३ वर्षीया एक महिलाले आफ्ना ६७ वर्षीय ससुरमाथि ब्लेडले आक्रमण गरी उनको गोप्य अङ्गमा गम्भीर चोट पुर्‍याएको घटनाले सनसनी मच्चाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महिलाले श्रीमान् रोजगारीका लागि हरियाणामा रहेका बेला ससुरले विगत करिब दुई वर्षदेखि आफूलाई पटक–पटक बलात्कार तथा यौन दुर्व्यवहार गर्दै आएको आरोप लगाएकी छन्। उनले यसअघि पनि छिमेकीसमक्ष गुनासो गरेको दाबी गरिएको छ।

घटनाका क्रममा वृद्धको चिच्याहट सुनेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले घाइते वृद्धलाई उपचारका लागि अस्पताल पठाएको तथा महिलालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार दुवै पक्षका बयान लिइएको छ र महिलाले लगाएका यौन दुर्व्यवहारका आरोप तथा वृद्धमाथि भएको आक्रमण दुवै विषयमा अनुसन्धान भइरहेको छ। हालसम्म कुनै पनि आरोप अदालतबाट प्रमाणित भइसकेको छैन।

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

आफ्नै डाक्टर श्रीमानलाई श्रीमतिले छुरा प्रहार गरी हत्या, ८ वर्षीय छोरा रगताम्य अवस्थामा भेटिए

  • २०८३ श्रावण ३ आइतबार

भारत । भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सकको आफ्नै फ्ल्याटभित्र हत्या भएको घटनाले सनसनी मच्चाएको छ। ४५ वर्षीय एनेस्थेसियोलोजिस्ट डा. किरण होन्नन्नावर मृत अवस्थामा फेला परेका छन् भने उनका ८

पूरा पढ्नुहोस्

Bureau Menus