न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल भोलि जनकपुरधाम आउने भएका छन्।
नेकपाका मधेस प्रदेश इन्चार्ज महेन्द्र राय यादव ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनका अनुसार पार्टीको एकता सन्देश तथा प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न दुवै शीर्ष नेता जनकपुरधाम आउने कार्यक्रम तय भएको छ।
कार्यक्रम भोलि दिउँसो १२ बजे आयोजना गरिनेछ। पत्रकार सम्मेलनमा मधेस प्रदेशका नवनियुक्त सदस्यहरूको उल्लेखनीय सहभागिता रहने जानकारी दिइएको छ। पार्टी एकीकरणपछि प्रदेशस्तरमा संगठन सुदृढीकरण, वैचारिक स्पष्टता र कार्यकर्ता प्रशिक्षणलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको प्रदेश नेतृत्वले जनाएको छ।
नेकपा २८ वटा राजनीतिक दलको एकीकरणबाट बनेको पार्टी भएको उल्लेख गर्दै मधेस प्रदेशमा तीमध्ये १५ वटा दलको सहभागिता रहेको जानकारी दिइयो। प्रदेशमा हाल ३४२ जना केन्द्रीय सदस्य तथा १,४२७ सदस्यीय प्रदेश कमिटी रहेको र उनीहरूको पनि कार्यक्रममा सहभागिता रहने बताइएको छ।
पत्रकार सम्मेलनमा नेकपाले आगामी मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने नीतिगत निर्णय गरिसकेको जानकारी समेत दिइयो। एकता सन्देश र प्रशिक्षण कार्यक्रममार्फत पार्टीलाई थप सुदृढ बनाउँदै संगठन निर्माण, वैचारिक दिशा र सिद्धान्तप्रति कार्यकर्तालाई स्पष्ट बनाउने विश्वास नेतृत्वले व्यक्त गरेको छ।
नेकपाले जनकपुरधामबाट सुरु हुने एकता सन्देश अभियानले पार्टीभित्रको एकता अझ मजबुत हुने तथा आगामी महाधिवेशनको तयारीलाई समेत गति दिने अपेक्षा गरेको छ।
जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी
- २०८३ श्रावण ५ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् । आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२
पूरा पढ्नुहोस्




.jpeg)


