सर्लाहीमा NTC को टावरमा चढेका आलमले भने,–'मेरो लभरलाई बोलाइदिनु, अनि मात्रै ओर्लन्छु'

२०८३ श्रावण ३ आइतबार
बिहान १०:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका युवकले आफ्नी प्रेमिकालाई बोलाइदिनुपर्ने अडान लिएपछि उद्धार कार्य थप जटिल बनेको थियो, यद्यपी उनलाई ओरालिएको छ ।

गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान टावरको सबैभन्दा माथिल्लो भागमा चढेका थिए। उनले उद्धारमा खटिएका प्रहरीसँग ‘मेरो लभरलाई बोलाइदिनु, अनि मात्रै ओर्लन्छु’ भन्दै अडान लिएको प्रत्यक्षदर्शी र प्रहरी स्रोतले बताएका छन्।

हुसैन सर्लाही क्याम्पस, मलंगवामा बीबीएस अध्ययनरत विद्यार्थी रहेको खुलेको छ। उनी टावरमा चढेपछि नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायले सुरक्षित रूपमा तल झारेको हो ।

प्रहरीका अनुसार युवकसँग निरन्तर संवाद गरी उनलाई कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कताका साथ उद्धार अभियान सञ्चालन गरिएको थियो । उनको आमाबुवाले सम्झाएपछि उनी ओर्लेको जनाइएको छ ।

प्रारम्भिक जानकारीअनुसार हुसैनले प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरमा चढेको बताइएको छ। यद्यपि घटनाका सबै पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनास्थलमा सर्वसाधारणको भीड लागेको छ भने सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। युवकलाई सकुशल तल झारेर परिवारलाई जिम्मा लगाएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०८३ श्रावण ३ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus