चालु आर्थिक बर्षको अन्तिमसम्ममा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिसत मुद्दा फैसला

२०८३ असार ३२ बिहीबार
बिहान ०८:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्युरो, जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै वार्षिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले अदालतको वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दै निर्धारित लक्ष्यको १०१.६० प्रतिशत उपलब्धि हासिल भएको जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ४ हजार ५४६ वटा मुद्दा फैसला गर्ने लक्ष्य रहेकामा ४ हजार ६१९ वटा मुद्दा टुंग्याइएको छ। सो अवधिमा अदालतमा ६ हजार ५१६ वटा नयाँ मुद्दा दर्ता भएका थिए। तीमध्ये ४ हजार ६१९ वटा मुद्दा फैसला भएसँगै हाल १ हजार ८९७ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन्।

मुख्य न्यायाधीश कुँवरका अनुसार दुई वर्षभन्दा पुराना सबै बाँकी मुद्दा यसै आर्थिक वर्षभित्र फैसला गरिएको छ। यसलाई अदालतले आफ्नो महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकअनुसार उच्च अदालत जनकपुरको मुद्दा फैसला दर क्रमशः सुधार हुँदै गएको देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा ४९.१५ प्रतिशत, २०७९/०८० मा ४४.१७ प्रतिशत, २०८०/०८१ मा ७१.१३ प्रतिशत, २०८१/०८२ मा ६६.०५ प्रतिशत र २०८२/०८३ मा ७०.८८ प्रतिशत मुद्दा फैसला भएको अदालतले जनाएको छ।

मुख्य न्यायाधीश कुँवरले अदालतमा सूचना प्रविधिको प्रयोग बढाइएकाले मुद्दा सुनुवाइ र फैसला प्रक्रिया अघिल्ला वर्षको तुलनामा छिटो र प्रभावकारी भएको बताए।

इजलासको प्रत्यक्ष प्रसारणका विषयमा उठेका गुनासोबारे स्पष्ट पार्दै उनले सम्बन्धित मुद्दाका पक्ष तथा कानुन व्यवसायीको सहमति लिएर मात्रै युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था अपनाइएको जानकारी दिए।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको मिथिला बिहारी नगरपालिका साक्षर घोषणा, ९९.५४ प्रतिशत साक्षरता हासिलको दाबी

  • २०८३ असार ३२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिएको छ। एक विशेष समारोहका बीच मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले नगरपालिकालाई साक्षर

पूरा पढ्नुहोस्

Bureau Menus