न्यूज ब्यूरो, राजबिराज । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी बराज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ।
सोमबार दिउसो ३ बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३५ क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी बताए ।
सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको छ भने खतराको संकेत स्वरूप रातो बत्ती बालिएको उनले बताए। नदी तटीय क्षेत्र उदयपुर , सुनसरी र सप्तरीका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
रौतहटको परोहामा ट्रैक्टरबाट खेत जोत्ने भाडादर निर्धारण, बढी रकम असुले कानुनी कारबाही हुने
- २०८३ असार २९ सोमबार
अशोक यादव, रौतहट। रौतहटको परोहा नगरपालिकाले ट्रैक्टरबाट खेत जोत्ने भाडादर निर्धारण गर्दै किसानबाट तोकिएको दरभन्दा बढी भाडा नलिन ट्रैक्टर सवारीधनीलाई निर्देशन दिएको छ । नगरपालिकाले असार २४ गते जारी गरेको सूचनाअनुसार
पूरा पढ्नुहोस्


