प्रेमीसँग बस्न नर्स श्रीमतिले श्रीमानलाई छत्तबाट दिए धक्का, बाँचेपछि स्लाइनमा हार्पिक हालेर मारे

२०८३ असार २४ बुधबार
बिहान ०९:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । भारतको तेलंगाना राज्यस्थित निजामाबादमा एक नर्स श्रीमतीले प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेको घटनाले सनसनी मच्चाएको छ। 

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार ३२ वर्षीया संध्याले प्रेमी अनिल र उनका साथी वेंकट साईसँग मिलेर ३५ वर्षीय श्रीमान् प्रशान्तको योजनाबद्ध रूपमा हत्या गरेकी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रशान्त केही समयअघि मात्रै रोजगारीका लागि खाडी मुलुकबाट घर फर्किएका थिए। घर फर्किएपछि उनले श्रीमती संध्या र अनिलबीच प्रेम सम्बन्ध रहेको आशंका गर्न थालेका थिए। प्रहरीका अनुसार यही सम्बन्धमा श्रीमान् बाधक बनेपछि उनीहरूको हत्या गर्ने योजना बनाइएको थियो।

घटनाअनुसार जुन ३० को राति प्रशान्तलाई मदिरा सेवन गराइयो। त्यसपछि उनलाई घरको छतबाट तल धकेलिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भए पनि उनी जीवितै रहेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

तर, त्यही अस्पतालमा उपचार भइरहेका बेला नर्सको रूपमा कार्यरत संध्याले आफ्नो पेशागत ज्ञानको दुरुपयोग गरेको प्रहरीको आरोप छ। प्रहरीले जनाएको छ कि श्रीमान्को हातमा लगाइएको ड्रिप (आईभी लाइन) मार्फत ट्वाइलेट क्लिनर र अन्य रासायनिक पदार्थ शरीरभित्र पुर्‍याइएकाले उनको स्वास्थ्य अवस्था एकाएक बिग्रिएको थियो। केही समयपछि उपचारकै क्रममा प्रशान्तको मृत्यु भएको थियो।

सुरुमा घटनालाई दुर्घटनाको रूपमा देखाउने प्रयास गरिएको थियो। परिवारलाई प्रशान्त नशाको अवस्थामा छतबाट लडेको जानकारी दिइएको थियो। तर, मृतककी आमालाई घटनाप्रति शंका लागेपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरीपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको थियो। अनुसन्धानका क्रममा कल डिटेल, प्राविधिक प्रमाण र आरोपीहरूसँगको सोधपुछबाट हत्या पूर्वयोजनाअनुसार गरिएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले मुख्य आरोपी संध्या, उनका प्रेमी अनिल र सहयोगी वेंकट साईलाई पक्राउ गरी अदालतमार्फत न्यायिक हिरासतमा पठाएको छ। घटनाबारे थप फरेन्सिक परीक्षण र अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 

  • 0%
  • 0%
  • 0%
  • 50%
  • 0%
  • 50%

धनुषाधामकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी एम्बुलेन्ससँग ठोक्कियो, ८ जना घाइते

  • २०८३ असार २४ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्ससँग ठोक्किँदा उपमेयरसहित ८ जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब

पूरा पढ्नुहोस्

Bureau Menus