जनकपुरधाममा स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयको हिसान र एनप्याबनसद्धारा स्वागत

२०८३ असार २३ मंगलबार
रति ८:४८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय इतिहास, संस्कृति, धार्मिक तथा सामाजिक पहिचान समेटिएको स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णय गरेपछि निजी विद्यालयका सञ्चालकहरूले त्यसको स्वागत गरेका छन्।

हिसान र एन–प्याब्सन धनुषाले संयुक्त रूपमा धन्यवाद ज्ञापन गर्दै जनकपुरधामको ऐतिहासिक, पुरातात्त्विक, भौगोलिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक मौलिक पहिचान समेटिएको स्थानीय पाठ्यक्रम लागू गर्ने निर्णयलाई ऐतिहासिक कदमको संज्ञा दिएका छन्। 

संयुक्त विज्ञप्तिमा स्थानीय पाठ्यक्रममार्फत जनकपुरधामको गौरवमय इतिहास, आस्था, सद्भाव, रीतिरिवाज, मौलिक संस्कृति, चाडपर्व, जात्रा, मेला तथा मिथिला सभ्यताबारे नयाँ पुस्ताले आफ्नै मातृभाषामा अध्ययन गर्ने अवसर प्राप्त हुने उल्लेख गरिएको छ। यसले विद्यार्थीमा आफ्नो संस्कृति, समाज र मातृभूमिप्रति अपनत्व तथा सम्मानको भावना विकास हुने विश्वास व्यक्त गरिएको छ।

विद्यालय सञ्चालकहरूले मातृभाषामा आधारित पाठ्यक्रमले विद्यार्थीलाई अध्ययन–अध्यापन सहज बनाउनुका साथै स्थानीय इतिहास र पहिचानलाई भावी पुस्तासम्म व्यवस्थित रूपमा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

विज्ञप्तिमार्फत जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, पाठ्यक्रम निर्माणमा संलग्न विज्ञ तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरिएको छ। साथै स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन र पूर्ण सफलताको शुभकामनासमेत दिइएको छ।

जनकपुरधाम उपमहानगरपालिकाले स्थानीय तहको शिक्षा व्यवस्थापन अधिकारअन्तर्गत स्थानीय विषयवस्तु समेटिएका पाठ्यक्रम विकास तथा कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ। 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाका जिल्ला अध्यक्ष अहिले बच्चा छ, बलियो र कमजोर आउने समयले तय गर्नेछः नेता झा

  • २०८३ असार २३ मंगलबार

न्यूज ब्यूरो्, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी (नेकपा एस) का नेता रामचन्द्र झाले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पशुपति यादवलाई राजनीतिमा बच्चाको सँज्ञा दिएका छन् ।  आईतबार जसपा

पूरा पढ्नुहोस्

Bureau Menus