न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सदस्य रहिसकेका ध्रुव कुमार झालाई प्रहरीले पक्राउ गरेको छ ।
गत चुनावमा नेपाली काँग्रेसमा विधिवत प्रवेश गरी राजनीतिमा होमिएका झालाई प्रहरीले आज जनकपुरबाट पक्राउ गरेको हो ।
एक महिलाको फेसबुक कमेन्टमा अभद्र शब्द लेखेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, उनीमाथि साईबर ब्यूरोमा उजुरी परेकोले सोही अनुसार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको हो ।
प्रहरीले महिलाको गोपनियता कायम राख्दै भोली मुद्दा दर्ता भएपछि मात्र विस्तृत दिन मिल्ने बताए ।
जनकपुरमा अनियमितता, सफाई, फुटपाथ खाली गराउने अभियानीको रुपमा समेत चिनिएका पूर्व पत्रकार ध्रुव झालाई रिहाईको लागि समाजिक सँजालमा आवाज उठेको छ ।
धनुषाधामकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी एम्बुलेन्ससँग ठोक्कियो, ८ जना घाइते
- २०८३ असार १६ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाधाम नगरपालिकाकी उपमेयर विद्या भुजेल सवार सरकारी गाडी धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा एम्बुलेन्ससँग ठोक्किँदा उपमेयरसहित ८ जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब
पूरा पढ्नुहोस्भाईरल समाचार



