नेपाली काँग्रे्सको क्रियाशिल सदस्यता अपडेटका लागि पुनः नयाँ तालिका सार्वजनिक

२०८३ असार १० बुधबार
रति ९:१० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली काँग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी गरिएको कार्यतालिकाअनुसार विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिनेछ।

कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औँ महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गरिने काँग्रेसले जनाएको छ।

काँग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण र काँग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुङ्ग्याउने भएको छ।

कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने काँग्रेसले जनाएको छ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

गोलबजार मेयर गोल्डकपः सलहेश युवा क्लब र ब्रदर्श हुड उदयपुर फाइनलमा भिड्ने

  • २०८३ असार १० बुधबार

न्यूज ब्यूरो, सिरहा । गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा सलहेश युवा क्लब, सिरहा र ब्रदर्श हुड फुटबल क्लब, उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ। सेमिफाइनल अन्तर्गत ब्रदर्श

पूरा पढ्नुहोस्

Bureau Menus