जनकपुरको समर हस्पिटलमा एक सुत्केरी महिलाको मृत्यू, डा. यादवको लापरवाहीले ज्यान गएको आरोप

२०८३ असार ४ बिहीबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको जनकपुरधामस्थित समर हस्पिटलमा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल प्रशासनमाथि गम्भीर चिकित्सकीय लापरवाहीको आरोप लागेको छ। घटनापछि पीडित परिवार तथा स्थानीयवासी आक्रोशित बनेका छन्।

मृतक नगराईन नगरपालिका वडा नं. ३ फुल्गामाकी २३ वर्षीया अञ्जली मुखिया रहेको परिवारले जनाएको छ। उनी गर्भवती अवस्थामा सुत्केरी गराउन मंगलबार समर हस्पिटलमा भर्ना भएकी थिइन्।

परिवारका अनुसार मंगलबार साँझ करिब ७ बजे उनको शल्यक्रिया (अपरेशन) गरिएको थियो। अपरेशनका क्रममा अवस्था सामान्य रहेको बताए पनि केही समयपछि अचानक अत्यधिक रक्तस्राव सुरु भएको र अवस्था जटिल बन्दै गएको थियो। त्यसपछि उनलाई पटक–पटक रगत चढाइएको भए पनि बचाउन नसकिएको परिवारको भनाइ छ।

मृतकका पति करण मुखियाले शल्यक्रियाका क्रममा गम्भीर चिकित्सकीय त्रुटि भएको आरोप लगाएका छन्। उनका अनुसार अपरेशन डा. किरण यादवले गरेका थिए। “अपरेशनको क्रममा भित्री नस काटिएको कारण अत्यधिक रक्तस्राव भयो,” भन्दै उनले अस्पतालले समयमै उचित व्यवस्थापन गर्न नसकेको दाबी गरेका छन्।

करण मुखियाले यसअघि पनि अस्पतालमा यस्ता गम्भीर घटना हुँदै आएको भन्दै स्वास्थ्य संस्थाको सेवा र उपचार प्रक्रियामाथि गम्भीर छानबिन आवश्यक रहेको बताएका छन्। सामान्य प्रसूति अवस्थाकी श्रीमतीको ज्यान जानु अत्यन्त दुखद र शंकास्पद भएको भन्दै उनले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

घटनापछि मृतकका आफन्त तथा स्थानीयवासी अस्पताल परिसरमा आक्रोशित बनेका थिए। परिवारले अस्पताल प्रशासनसँग प्रतिक्रिया लिन खोज्दा सम्बन्धित चिकित्सक तथा सञ्चालक सम्पर्कमा नआएको जनाएको छ।

यस घटनाले निजी स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर, चिकित्सकीय जिम्मेवारी र आपतकालीन व्यवस्थापन प्रणालीमाथि पुनः गम्भीर प्रश्न उठाएको छ। पीडित परिवारले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

मधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा

  • २०८३ असार ४ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश प्रहरीभित्र आन्तरिक कलह चर्किएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमाप्रसाद चतुर्वेदी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी

पूरा पढ्नुहोस्

Bureau Menus