न्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम वित्तीय संकटमा परेपछि स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमार्फत प्रदान हुँदै आएका अधिकांश सेवा कटौती गरेको छ।
बोर्डले अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट आकस्मिक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
गत ११ जेठमा बसेको बोर्ड बैठकले देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पताल तथा मेडिकल कलेजमा ओपीडी, विभिन्न परीक्षण, शल्यक्रिया तथा औषधि लगायतका सेवा बन्द गर्ने निर्णय गरेको हो।
स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति ले बोर्डमाथि अत्यधिक आर्थिक दायित्व बढ्दै गएपछि बाध्य भएर यस्तो निर्णय लिनुपरेको बताएकी छन्।
बोर्डका अनुसार वैशाखसम्म पेश भएको दाबी रकम १८ अर्ब रुपैयाँ पुगेको छ। हालसम्म मंसिरसम्मको दाबी रकमको मात्रै समीक्षा गरिएको जनाइएको छ।
देशभरका सेवाप्रदायक संस्थालाई मंसिरसम्मकै करिब ८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।
किसानले मल नपाइरहेका बेला वडा सदस्य महतोले अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद
- २०८३ जेठ १४ बिहीबार
न्यूज ब्यूरो, जनकपुरधाम । खेतीपातीको मुख्य समयमा किसानले रासायनिक मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ का वडा सदस्य सुरेश साहमाथि मल डिलरबाट ट्याम्पुमा लुकाएर अन्यत्र लैजान खोजेको आरोप लागेको
पूरा पढ्नुहोस्


